बाँकेमा उपचारारत ३७ वर्षीया संक्रमितको मृत्यु

बाँकेमा उपचारारत ३७ वर्षीया संक्रमितको मृत्यु

४ वैशाख, दाङ ।
कोरोना संक्रमित भएर बाँकेमा उपचारारत दाङकी ३७ वर्षीया महिलाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।
त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

बाँके बाहेकका बाहिरी जिल्लाबाट उपचारका लागि त्यहाँ लगिएका ९४ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.