शरीरका अंग बिक्री हुने लोभले महिलाको हत्या

शरीरका अंग बिक्री हुने लोभले महिलाको हत्या

४ वैशाख, बुटवल ।

मानिसको शरीरका अंग तान्त्रिक प्रयोजनका लागि महँगो मूल्यमा बिक्री हुने भन्दै कपिलवस्तुकी एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

महिलाको हत्या अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कपिलवस्तु प्रहरीले कपिलवस्तु घर भइ लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या अभियोगमा ६ जनालाई पक्राउ गरेको हो।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय अब्दुल कलाम मुसलमान, बेलाल अहमद मुसलमान, शुद्धोधन गाउँपालिका–५ शिवालवाका ४५ वर्षीय कृष्ण कुर्मी, शुद्धोधन–५ बिसुनपुराका ५५ वर्षीय रामहरक यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–९ शिवनगर डेरा गरी बस्ने ६७ वर्षीय खेमबहादुर मल्ललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले अभियुक्तहरुले ती महिलाको हत्या गरेर हातका औँला काटिसकेका थिए। हातका औँलाहरु प्रतिऔँला ७०–८० लाख रुपैयाँमा बिक्री हुने विश्वासमा औँलाहरु काटेर लगेको पाइएको उनले बताए ।

ती महिलाको शव हातका औँलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया नदीमा फेला परेको थियो।

ती महिलालाई फोन गरेर स्थानीय बेतिया नदी नजिकैको चौरमा बोलाएर घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि औला काटेर निकालेर शव बोरामा राखेर नदीमा फालेको पाइएको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.