५ वैशाख, काठमाडौं । विहान पदमुक्त भएर दिउँसो पूर्ननियुक्ति पाएका रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिएका छन् ।
थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । यसअघि मन्त्री थापालाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्री पदबाट उनि स्वतः पदमुक्त भएका थिए । दिउँसै प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई गृहमन्त्रीमा नियुक्त गर्दै अहिले सपथ खुवाइएको हो । पूर्व माओवादी नेता थापा अहिले नेकपा एमालेको केन्द्रीय सदस्य छन् ।