६ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको ९३ वर्षको उमेरमा निधन भएको छ ।
सुवालको हिजो आइतवार बेलुकी ७ः५५ मा आफ्नै निवास काठमाण्डौ ओमबहालमा निधन भएको हो। लामो समयदेखि उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।
२०१० सालमा भएको काठमाण्डौ नगरपालिकाको पहिलो निर्वाचनमा सुवाल नगर उपसभापति (उपमेयर) मा निर्वाचित थिए भने काठमाण्डौ नगरपालिकाको दोस्रो निर्वाचनमा सुवाल मेयरमा निर्वाचित भएका थिए ।
सुवाल २०३० सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्व कालमा यातायातमन्त्री भएका हुन ।