अन्नपूर्ण हिमाल आरोहणमा गएका तीनजना रुसी नागरिक बेपत्ता

अन्नपूर्ण हिमाल आरोहणमा गएका तीनजना रुसी नागरिक बेपत्ता

६ वैशाख, विराटनगर ।
विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन्।

आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिए।

उनका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ।

कैलाश हेलिकोप्टरमा शेर्पाको टोली परिचालन गरिएको गुरागाईंले जानकारी दिए । बेपत्ता रूसी नागरिकको नाम भने उनले बताएनन्‌।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.