चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त

चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त

६ वैशाख, काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई सोमबार नियुक्त गरेकी हुन् ।

गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो ।

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.