इजरायलमा अब घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनु नपर्ने

इजरायलमा अब घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनु नपर्ने

६ वैशाख, काठमाडौँ । कोरोनाभाइरसको संक्रमण घट्दै गएपछि इजरायलले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाएको छ।

इजरायलको स्वास्थ्य मन्त्रालयले आइतबारदेखि लागु हुने गरी मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएको हो।

इजरायलमा अहिलेसम्म जम्मा जनसंख्याको झन्डै ८१ प्रतिशतले कोरोनाविरूद्धको खोप लगाइसकेका छन्। धेरै मानिसहरूले दुई डोज खोप लगाइसकेकाले इजरायलमा कोरोना संक्रमण निकै कम छ।

बाहिर जाँदा मास्क नलगाए पनि घरभित्र मानिसहरू भेला हुने ठाउँमा भने मास्क लगाउनु पर्नेछ। विदेशबाट आउने खोप नलगाएका इजरायलीहरू पनि १४ दिन आइसोलेसनमा बस्नुपर्नेछ।

प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले कोरोनाभाइरसविरूद्ध आफूहरूले अहिले संसारलाई लिड गरिरहेको भए पनि भाइरस अझै नसकिएकाले सचेतता अपनाउनु पर्ने बताएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.