पेस्तोलसहित एक जना सुनसरीबाट पक्राउ

पेस्तोलसहित एक जना सुनसरीबाट पक्राउ

६ बैशाख, सुनसरी । सुनसरी कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट हतियार सहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका – १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गएराती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो ।

मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनि माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको साथै उनी उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.