२४ लाख रुपैंयासहित एअरपोर्टमा पक्राउ परे बस्नेत

२४ लाख रुपैंयासहित एअरपोर्टमा पक्राउ परे बस्नेत

६ बैशाख, काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.