७ वैशाख, एजेन्सी ।
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सानो आकारको हेलिकप्टर मंगल ग्रहमा सफल उडान गरेको छ ।
इन्जेनुएटी नाम गरेको ड्रोन एक मिनेट भन्दा कम समय मंगल ग्रहको आकाशमा उडेको नासाले जनाएको छ । पृथ्वी बाहेकको ग्रहमा यसरी हेलिकप्टर उडेको यो पहिलो घटना हो ।
मंगल ग्रहमा रहेको स्याटेलाइटले पठाएको सूचनापछि हेलिकप्टर उडेको पुष्टि भएको हो । आउँदा दिनहरुमा मंगलग्रहमा थप परिस्कृत र ठूलो आकारको विमान उडाउने योजना रहेको नासाले जनाएको छ ।
हालको हेलिकप्टरमा प्रयोग भएको प्रविधिको परीक्षण तथा त्यसको क्षमता थाहा पाउनका लागि इन्जिनियरहरुले इन्जेनुएटीलाई थप माथि उड्न आदेश दिने छन् ।
नासाले गएको फेब्रुअरीमा नासामा पठाएको अन्तरिक्ष यानमा सो हेलिकप्टर पठाइएको थियो ।
क्यालिफोर्नियाको पासाडेना स्थित नासाको जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रहेकी इन्जेनुएटीकी प्रोजेक्ट म्यानेजर मिमी आङ्गले भनेकी छन्, ‘अब हामीले भन्न सक्छौँ कि मानिसले अर्को ग्रहमा विमान उडायो ।’