ओली पक्षका एमालेले २७ सांसदलाई स्पष्टीकरण सोध्ने

ओली पक्षका एमालेले २७ सांसदलाई स्पष्टीकरण सोध्ने

७ वैशाख, काठमाडौँ । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरित गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिनेछ ।

चित्तबुझ्दो जवाफ नआए निस्कासन गर्नसक्ने नेताहरु बताउँछन् ।

स्पष्टिकरण सोधिनेमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशका सांसदहरुमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओली रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.