खाद्य कम्पनीको सीईओमा मोहनप्रकाश चन्द

खाद्य कम्पनीको सीईओमा मोहनप्रकाश चन्द

७ बैशाख, काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत(सीईओ) पाएको छ ।

कम्पनीको सीईओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीवार नै प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.