७ बैशाख, काठमाडौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
मङ्गलवार काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका पदाधिकारीसमेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेको निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
कोरोना सङ्क्रमणबाट बच्न व्यापक रूपमा प्रचारप्रसार गर्ने, सरोकारवालासहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको पनि उनको भनाई थियो ।
सरकारको त्यही निर्णयलाई उपत्यकामा प्रभावकारी कार्यान्वयन गराउने निर्णय भएको हो ।