काठमाण्डौमा जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने

काठमाण्डौमा जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने

८ बैशाख, काठमाडौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ ।

स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

विशेषगरी गाडी सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्रीको विसर्जनमा ध्यान दिन आग्रह गरिएको छ ।

 

अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टबिन वा प्लाष्टिकको झोलामा बन्द गरी पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ ।

अटेर गरेमा कारबाही हुनेछ । घर तथा सार्वजनिक ठाउँमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न भनिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.