माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

८ बैशाख,काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।

मंगलबारदेखि जारी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।

बैठकमा विधान संशोधन, संगठनात्मक कार्यदलको काम, एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने, नयाँ सत्ता समीकरणको प्रयास, आगामी केन्द्रीय समितिको बैठक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.