देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक जारी

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक जारी

८ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बसेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बिहान बैठक बसेको हो।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक जारी रहेको बताए।

१४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने काम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बसेको हो।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो।

त्यसबारे नेकपा माओवादी केन्द्र र जसपासँग उसले कुराकानी गरिसकेको छ। माओवादी केन्द्र तयार भए पनि जसपाले निर्णय दिइसकेको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.