धरहरामा सुनको गजुर राखियो

धरहरामा सुनको गजुर राखियो

८ बैशाख, काठमाडौ । निर्माण सम्पन्न हुन लागेको नयाँ धरहराको टुप्पामा गजुर राखिएको छ ।

बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१औँ तलामा पूजा गर्दै २२ औंँ तलामा गजुर राखिएको हो ।

पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर गजुर राखिएको ज्ञवालीले जानकारी दिए । यही वैशाख ११ गते प्रधानमन्त्रीद्वारा नवनिर्मित धरहराको उद्घाटन गर्दैछन् ।

सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.