९ बैशाख, मोरङ। जाली नोटसहित सुनसरीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको इनरुवा नगरपालिका ४ मा रहेको स्टार होटल अगाडिबाट जाली नोटसहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका २ का २४ वर्षीय नजिम साफी र धरान उपमहानगरपालिका १७ का महेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरूको साथबाट नेपाली जाली नोट एक हजार दरका चार सय १५ थान बरामद गरेको हो ।