त्रिकोणात्मक टी २० सिरिजमा नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै

त्रिकोणात्मक टी २० सिरिजमा नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै

९ वैशाख काठमाडौँ । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसिया टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

यसअघि भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

नेपाल र नेदरल्याण्ड्स यसअघि नै शीर्ष दुईमा रहँदै फाइनल पुगिसकेकोले आजको खेल प्रतिष्ठाको लागि हुनेछ ।

नेपालले यसअघि मलेसिया र नेपालरल्याण्ड्सलाई समान ९ विकेटले पराजित गरेको थियो भने अर्को खेलमा नेदरल्याण्ड्ससंऊ ३ विकेटले पराजित भएको थियो ।

मलेसियाले भने अहिलेसम्म २ खेलमा हार बेहोर्दा एक खेल बराबरी खेलेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.