सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गरिने : मन्त्री तुम्बाहाङ्फे

सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गरिने : मन्त्री तुम्बाहाङ्फे

११ बैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गर्ने जानकारी दिएकी छन् ।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार ’ वितरण गर्दै उनले सरकारले संविधान र ऐनअनुसार निर्माण गरेको आयोगले जग्गाको पूर्जा वितरण गरी सधैँको समस्याको अन्त्य गर्ने बताइन् ।

उनले सरकार सम्पूर्ण जनताको स्वास्थ्य जीवनरक्षाको लागि प्रतिबद्ध रहेको चर्चा गर्दै कोभिड–१९ सङ्क्रमित जनताको निःशुल्क स्वास्थ्य उपचार एवं खोपको व्यवस्था गरिरहेको जानकारी दिइन् ।

उनले पत्रकारिता क्षेत्रले सिङ्गो मुलुकलाई प्रभावित गर्ने हुनाले सत्यतथ्यका आधारमा समाचार पस्कनुपर्ने बताएकी छन् ।

उनले मुलुक आम निर्वाचनतर्फ जान उन्मुख रहेको चर्चा गर्दै निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि मतदाता नामावलीमा नाम छुटेका तथा उमेर पुगकाले आफ्नो नाम अद्यावधिक गर्न सबैसँग आग्रह गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.