भुकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारले धरहरामा रोजगारी पाउने

भुकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारले धरहरामा रोजगारी पाउने

११ बैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताएका छन् ।

धरहराको उद्घाटनपछि भएको कार्यक्रममा उनले धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताए ।

धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उनको भनाई छ ।

यस्तै, उहाँले कोही पनि भोकै नपर्ने गरी सरकारले काम गरिरहेको पनि दाबी गर्नु भएको छ । यस्तै, प्रधानमन्त्री ओलीले यो वर्षभित्रै सडकलाई सडक बालबालिकामुक्त र भिकारीमुक्त बनाउने पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.