हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू

हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू

१२ बैशाख, हेटौँडा । हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ।

हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.