कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सूचना अधिकारी नारद भट्टले बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको पुष्टि गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.