यार्सागुम्बा सङ्कलन खुला

यार्सागुम्बा सङ्कलन खुला

१३ बैशाख, मनाङ । कोरोना माहामारीले निम्ताएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ ।

लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो । यसका लागि अन्नपुर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ ।

यहाँको आर्थिक अवस्था उकास्न यार्सा सङ्कलन पूर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा सङ्कलनका लागि पूर्जी रकम छुट्याएको छ । नाम्के खर्कका लागि रु २० हजार , ङिस्याङ २० हजार र नार फु भ्यालीका लागि ३० हजार छुट पूर्जी रकम उल्लेख गरेको छ ।

गत वर्ष कोरोनाले बन्दबन्दी भएकाले यस क्षेत्रले जडिबुटी सङ्कलन रोक लगाएको सो संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक सङ्कट पनि बढेको हुँदा यस पटक भने जिल्लाभित्र बसोवास गर्ने जिल्लाबासीका लागि मात्र खुला गरिएको हो । कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लालाई भने लगाएको उनले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.