मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रस्तुत

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रस्तुत

१३ बैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

सो प्रस्तावमा पोखरेललाई नयाँ मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ।

अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले हस्ताक्षर गरेका छन् ।

६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.