उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वरेण्टीन र होम आइसोलेशनमा बस्नुपर्ने

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वरेण्टीन र होम आइसोलेशनमा बस्नुपर्ने

१४ बैशाख, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ ।

काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सोमवार बेलुका एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

काठमाण्डौ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रूपमा पालिकाले तोकेको क्वरेण्टीन र होम आइसोलेशनमा बस्नुपर्ने आदेशमा भनिएको छ । यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ ।

खाद्य सामग्री र औषधिसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय अहिलेलाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला राख्न पाइनेछ तर ती पसल सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउनुपर्नेछ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने आदेशमा भनिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.