एक युवाको शङ्कास्पद मृत्यु भएपछि नवलपरासीका स्थानीयले घेरे प्रहरी कार्यालय

एक युवाको शङ्कास्पद मृत्यु भएपछि नवलपरासीका स्थानीयले घेरे प्रहरी कार्यालय

१४ वैशाख, नवलपरासी । एक युवाको शङ्कास्पद तरिकाले ज्यान गएको भन्दै स्थानीयले नवलपरासीको इलाका प्रहरी कार्यालय घेरेका छन् ।

सयौँको सङ्ख्यामा बेलाटारी पुगेका स्थानीयवासीले आत्महत्या नभएर युवकको हत्या गरिएको भन्दै न्यायिक छानविन हुनुपर्ने माग गरेका छन् ।

अस्ति आइतवारदेखि हराइरहेका प्रतापपुर गाउँपालिका वडा नम्बर ५ धर्माैलीका २३ वर्षका कौलेश कहांर हिजो खेतमा मृत अवस्थामा भेटिएका थिए ।

शव हेर्दा युवकले आत्महत्या गरेको हुनसक्ने प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले बताए ।

प्रहरीले आत्महत्या भनेपछि आक्रोशित बनेका स्थानीयवासी त्रिवेणी बर्दघाट सडकको प्रतापपुर पुलमा शव राखेर प्रदर्शन गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.