१४ वैशाख, काठमाडौँ । ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।