पीसीआर परीक्षणको शुल्क तोकिएभन्दा बढी नलिन अस्पतालहरूलाई चेतावनी

पीसीआर परीक्षणको शुल्क तोकिएभन्दा बढी नलिन अस्पतालहरूलाई चेतावनी

१४ वैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ ।

सरकारले कोरोना सङ्क्रमण पहिचानको लागि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ ।

तर कतिपय अस्पतालले सङ्क्रमण रोकथामलगायतको बहानामा थप शुल्क लिने गरेको पाइएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन भनेको हो ।

यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूचीबाटै हटाउने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.