लाइसेन्सको अनलाइन आवेदन बन्द

लाइसेन्सको अनलाइन आवेदन बन्द

१४ बैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।

कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.