२ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिए

२ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिए

१५ बैशाख, काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै जाँदा बिहीवार रातिदेखि १ साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि २ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिएका छन् ।

संक्रमण बढेर भयावह अवस्था आउन नदिनका लागि उपत्यकाका तीनओटै प्रमुख जिल्ला अधिकारीहरूको सोमवार बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो ।

गतवर्षको जस्तै निषेधाज्ञाको समय लम्बिँदै जान सक्ने आशंकामा सर्वसाधारणहरू घर जाने क्रम बढेको हो । कलंकी, बालाजु, कोटेश्वर, बल्खुलगायत स्थानमा उपत्यका छाडेर बाहिरिने मान्छेहरूको भीड बढेको देखिएको छ ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उपत्यकामा निषेधाज्ञा हुने भएपछि सोमवार र मंगलवार गरी २ दिनमा करीब २ लाख मान्छे उपत्यका छाडेर बाहिरिएको बताए । उनका अनुसार सामान्य अवस्थामा उपत्यका छाड्नेहरूको संख्या दैनिक करीब ५० हजारको हाराहारीमा हुने गर्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.