एमालेले जनमोर्चाका सांसद शाहीको अपहरण गर्याे: रामचन्द्र पौडेल

एमालेले जनमोर्चाका सांसद शाहीको अपहरण गर्याे: रामचन्द्र पौडेल

१६ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् ।

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् ।

बिहिबार आफ्नै निवासमा संचारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारवाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न माग गरे ।

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरि गायब भएका थिए ।

नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए । खिम विक्रम शाही प्रकरणको स्वतन्त्र छानविन हुनुपर्ने पनि नेता पौडेलले बताए ।

उनले भने, “किर्ते नक्कली बहाना बनाएर,अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरि पोजेटिभ हुन्छ ? यसमा षडयन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने,पैसाले सत्तामा पुग्ने,सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उदाउने काम भयो । खिम बिक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको ब्यबस्थामा यस्ता खेल,किर्ते जालसाजी खेल,अलोकतान्त्रिक षडयन्त्रको छानवीन हुनुपर्छ ।”

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाही माथि तत्काल कारवाही गर्नुपर्ने बताए । स्थानीय प्रशासन,सघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले बताए ।

उनले भने“यहाँ त सिडियो पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वाशको प्रस्ताव दर्ता हुने बित्तिकै संसद नै स्थगीत गरेर मुख्यमन्त्रि काठमाडौँ आएको,यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षडयन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ’आईसीयू’मा भर्ना भएका थिए।

मंगलबारसम्म सकुशल रहेका शाही मत विभाजनको हुनु अघि अस्पतालको आइसीयुमा भेटिनु शंकास्पद देखिन्छ। राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । कोरोना संक्रमण भएको भन्दैउनी चरक अस्पतालमा भेटिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.