लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्तायो

लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्तायो

१६ बैशाख, लमजुङ । कोरोना कहरको पहिलो लहर सकिएपछि लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ ।

कोरोनाले थला पारेको पर्यटन व्यवसाय राम्रोसँग लय लिन नपाउँदै सङ्क्रमणको दोस्रो लहर शुरु हुन थालेपछि लमजुङमा पर्यटन व्यवसाय पुनः सुस्ताएको हो ।

जिल्लामा रहेको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ, बेँसीशहर नगरपालिका–३ काउलेपानी, राइनास नगरपालिका–९ राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास (होमस्टे) तथा पर्यटकीयस्थलमा कोरोना सङ्क्रमणको जोखिमले पर्यटकको आगमन ठप्प भएको छ ।

यसअघि समेत कोरोनाले प्रभावित बनेका सो क्षेत्रमा तीन÷चार महिनाअघिदेखि मात्र पर्यटक आगमन भएर विस्तारै लयमा फर्किँदै गरेको पर्यटन व्यवसाय केही दिनदेखि आन्तरिक पर्यटक पनि आउन छाडेपछि पर्यटन व्यवसायीहरू निराश भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.