गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार, दीपक मनाङे बने खेलकुद मन्त्री

गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार, दीपक मनाङे बने खेलकुद मन्त्री

१६ बैशाख, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

मुख्यमन्त्री गुरूङले स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै नवनियुक्त मन्त्रीलाई सपथ गराइने छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा ‘पेन्डिङ’ रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।

सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.