थुनामा रहेका दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

थुनामा रहेका दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

१७ बैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातले ललिता निवास जग्गा प्रकरणमा आफूलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने विशेष अदालतको फैसला गलत रहेको भन्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

विशेष अदालतले २०७७ मंसिर २८ गते लगाएको कसुरमा आफ्नो कुनै संलग्नता देखिने कुनै प्रमाण नरहेको बस्न्यातको दाबी छ ।

आफूलाई कोरोना संक्रमण भई चाबहिलको ओम अस्पतालको हाई केयर युनिटमा राखेर उपचार गरिरहेको पनि उनले बताएका छन् ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.