विप्लवको नेकपा पनि फुट्यो

विप्लवको नेकपा पनि फुट्यो

१८ वैशाख, काठमाडौँ ।
नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ ।

नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ ।

विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ ।

आन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं ।

तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ ।

तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने, जारी विज्ञप्तिमा भनिएको छ ।

मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ ।

सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.