कञ्चनपुरमा थप तीन संक्रमितको मृत्यु

कञ्चनपुरमा थप तीन संक्रमितको मृत्यु

१८ वैशाख, धनगढी।
कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भएको जानकारी दिए ।

रोकायाअनुसार होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.