बरालिएको राजनीति नसुध्रिएकोमा मलाई पीडा भएको छः प्रधानमन्त्री ओली

 बरालिएको राजनीति नसुध्रिएकोमा मलाई पीडा भएको छः प्रधानमन्त्री ओली

१८ वैशाख, विराटनगर।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा लागेको बताएका छन्।

मजदुर दिवसको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले केही नेताको अतृप्त कुण्ठाका कारण यस्तो भएको आरोप लगाए।

गत साल यसै समयदेखि बरालिएको हाम्रो राजनीति अझै सुध्रिएन भन्दा मलाई बृहत पीडा भएको छ, ओलीले भिडियो सन्देशमा भनेका छन्, स्थिरता र विकासको जनचाहनामा केही नेताहरुको अतृप्त आकंक्षा कुण्ठा र इर्श्याका कारण एक प्रकारको अराजक अवस्था सिर्जना भएको छ।

केन्द्रमा शुरु भएको राजनीतिक गड्बडी अहिले प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको प्रधानमन्त्रीको भनाई थियो। यसैका कारण पार्टी र नेताप्रति वितृष्ण बढ्दै गएको उनले बताए। केन्द्रमा शुरु भएको गड्बडी प्रदेश र स्थानीय तहसम्म पुगेको छ।

प्रतिगमनको नाटकीय प्रचारले सरकारप्रति भ्रम सिर्जना गर्ने र पार्टी र नेताप्रति वितृष्ण बढाउँदैछ, प्रधानमन्त्री ओलीले भने।

ट्रेड युनियन आन्दोलनले सिकाएको कुरा राजनीतिक आन्दोलनले ग्रहण गर्दा परिस्थिति यस्तो भएको ओलीले तर्क गरेका छन्। उनले भनेका छन्, गत सालको सन्देशमा मैले भनेको थिए नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ।

अप्ठ्यारोमा नहड्बडाउने अनिकालमा मिलेर बिउ जोगाउने सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक सम्वाद गर्ने विविधताबीच एकता गरी अघि बढ्ने ट्रेड युनियनले सिकाएको यो पाठ राजनीतिक आन्दोलनले ग्रहण गर्नै सकेन।

आफ्नो आकंक्षाको आकाशतिर हेर्ने तर जनतातिर नहेर्ने प्रवृत्ति राजनीतिक नेतृत्वमा बढेको ओलीको भनाई थियो।

नेपाली ट्रेड युनियन आन्दोलनले हामीलाई सिकाएको अप्ठेरो घडीमा मिलेर अघि बढ्नुपर्छ आफ्ना आकंक्षाको आकाशतिर माथि माथि मात्र हैन जनता भएतिर तल पनि हेर्नुपर्छ भन्ने पनि राजनीतिक नेतृत्वले महसुस गर्न सकेन,ुप्रधानमन्त्रीले भने, कमीकमजोरी भए सच्याउनुपर्छ।

अराजक होइन अनुशासित हुनुपर्छ। समयको ख्याल गर्नुपर्छ। देश विकासको अभियानमा आफू लागेको र यस्तो खालको अभियानमा लागेकाहरुले कहिल्यै हार खानु नहुने प्रधानमन्त्रीको भनाई छ।

धाराबाट झर्ने पानीको उदाहरण दिँदै ओलीले समाज परिवर्तनमा यसरी नै लाग्नुपर्ने बताएका छन्। आफैलाई घात गर्ने होइन इमान्दार बन्नुपर्छ भन्ने त ठ्याम्मै बुझेन र ग्रहण गरेन।

असंवंधानिक गैरकानुनी र अमर्यादित बाटो त कसैले पनि अवलम्बन गर्नै हुँदैन। मलाई लाग्छ अभियानमा लागेकाहरुले हार खानु हुँदैन, ओलीले भनेका छन्, एकै ठाउँमा झर्ने पानीको धाराले पनि ढुंगालाई प्वाल पारेको हामीले देखेकै छौ।

समाज परिवर्तनको कुरा पनि त्यस्तै हो। हामीले हाम्रो सत्प्रयासलाई जारी राख्नुपर्छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.