१९ बैशाख , दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको हो ।
गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको उक्त कारबाट दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि शनिबार राति घटना बाहिरिएको थियो ।
हाल बाँकेबाट घटना अनुसन्धान गर्न एउटा कुकुरसहित एक्सपर्ट टोली तुलसीपुर पुगेको छ । घटना गम्भीरजस्तो देखिने र यसको सूक्ष्म अध्ययन गरी बाहिरी सुराक खोज्ने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।