जसपा नेताको रिट सर्वोच्चले गरिदियो फिर्ता

जसपा नेताको रिट सर्वोच्चले गरिदियो फिर्ता

१९ बैशाख, काठमाडौं । सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ ।

सर्वोच्चले कोरोना महामारीको कारण देखाउँदै उनीहरूको रिट फिर्ता गरिदिएको हो ।

लुम्बिनी प्रदेशमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ६ प्रदेससभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएका थिए। सहभागि हुनेमा जसपा नेताहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे छन् ।

त्यसलगत्तै पार्टीले उनीहरुलाई सांसद पदबाट हटाएको थियो । तर, उनीहरु आफूमाथि भएको कारबाहीविरूद्ध रिट लिएर सर्वोच्च गएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.