पोखरेल पुन: मुख्यमन्त्री बनेपछि ३ एमाले सांसदले दिए राजीनामा

पोखरेल पुन: मुख्यमन्त्री बनेपछि ३ एमाले सांसदले दिए राजीनामा

१९ बैशाख, बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् ।

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही छन् ।

राजीनामा पत्र प्रदेश सभा सचिवालयमा बुझाइसकेको एक सदस्यले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.