सुनको भाउ आज प्रतितोला ९० हजार ४ सय निर्धारण

सुनको भाउ आज प्रतितोला ९० हजार ४ सय निर्धारण

२० वैशाख, काठमाडौँ । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९० हजार ४ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँ बढेको छ । हिजो तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय रुपैयाँ तोकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.