२१ वैशाख, एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ईन्डियन प्रिमियर लिग आईपीएल २०२१ लाई निलम्बन गरेको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा दिनहूँ बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको जनाएको छ ।
बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको एएनआईलाई बताएका छन् ।