महामारीको बेला यार्सा सङ्कलन गर्न लेकतिर लर्को

महामारीको बेला यार्सा सङ्कलन गर्न लेकतिर लर्को

२२ बैशाख, बझाङ । देशका अरु ठाउँमा जस्तै बझाङमा पनि कोरोनाको संक्रमण बढिरहेको छ । गएको वर्ष भारतबाट आउनेहरुलाई पालिकाहरुले क्वरेण्टीन बनाएर सुरक्षित ठाउँमा राख्ने गरेका थिए ।

यस वर्ष भने कुनै पनि पालिकाले यस्तो नगरी सोझै होम क्वरेण्टीनमा बस्न आग्रह गर्दै घर पठाउने गरेका छन् । तर यसरी भारतबाट आउनेहरु होम क्वरेण्टीन बस्नुको साटो गाउँघरमा घुलमिल हुने गरेका कारण झन् जोखिम बढेको छ ।

यहीबेला यार्सा संकलनको सिजन पनि भएका कारण भारतबाट आउनेहरु यार्सा संकलन गर्न लेकतिर जान थालेका छन् । जिल्लामा निषेधाज्ञा लगाइएको भए पनि यार्सा संकलन गर्न लेकतिर जानेको लर्को रोकिएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.