सेनाको अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई सेवामा फर्कन आग्रह

सेनाको अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई सेवामा फर्कन आग्रह

२२ बैशाख, काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परे सेवामा फिर्ता हुन निर्देशन जारी गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बुधबार एक विज्ञप्ति जारी गर्दे कोभिड–१९ को महामारीले थप संकट ल्याउन सक्ने भएकाले पूर्व अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परे सेवामा फिर्ता हुन तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले ७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन आग्रह गरिएको छ ।

हाल नेपालमा बढीरहेको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.