कोरोनाको खोप तत्काल ल्याउने विषयमा उपप्रधानमन्त्रीबाट बैठकको आह्वान

कोरोनाको खोप तत्काल ल्याउने विषयमा उपप्रधानमन्त्रीबाट बैठकको आह्वान

२२ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप तत्काल नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बुधबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास मैनालीसंग परामर्श गरेका हुन् ।

परामर्श गर्नेक्रम्मा उपप्रधानमन्त्री पोखरेलले तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशिघ्र टुंगोमा पुर्याउने विषयमा निर्दशन समेत दिएको पोखरेलका प्रेश सयोजक गणेश पाण्डेले बताए ।

उनका अनुसार सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ । सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ ।

सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.