४ सांसद र ३ संसद सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

४ सांसद र ३ संसद सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

२३ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएकामध्ये ४ जना सांसद र ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो ।

प्रवक्ता पाण्डेले बुधबार गरिएको स्वाब परीक्षणको कीकृत रिपोर्ट आइनसकेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.