बरिष्ठ संगीतकार प्रेमध्वज प्रधानको निधन

बरिष्ठ संगीतकार प्रेमध्वज प्रधानको निधन

२३ बैशाख, काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको अस्पतालले जनाएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।

उपचार गर्नुअघि प्रधानको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.