नेपाल सुपर लिगमा ललितपुरको पहिलो जित

नेपाल सुपर लिगमा ललितपुरको पहिलो जित

२३ बैशाख, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।

दशरथ रङ्गशालामा बिहीवार भएको पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो । ललितपुरलाई जिताउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे ।

जितसँगै ललितपुरले पाँच खेलमा ६ अङ्क जोडेको छ । बुटवलको भने पाँच खेलमा पाँच अङ्क छ ।

दोस्रो खेलमा अहिले काठमाण्डौ रेजर्स एफसी र विराटनगर सिटी एफसी खेल्दै छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.