२४ बैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा पर्ने असरबारे अध्ययन अगाडि बढाएको छ ।
कोरोनाको पहिलो लहरले पनि वैदेशिक रोजगारी प्रभावित भएको थियो । अहिले कोरोनाको दोस्रो लहर शुरू भएसँगै यसले पनि वैदेशिक रोजगारी प्रभावित हुने भएपछि सरकारले यस सम्बन्धमा अध्ययन अगाडि बढाएको हो ।
वैदेशिक रोजगार विभागले यस सम्बन्धमा अध्ययन अगाडि बढाएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोरोनाको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा परेको असरबारे अध्ययन अगाडि बढाएको बताए ।
परराष्ट्र मन्त्रालय र म्यानपावर व्यवसायीहरूको संगठनसँगको सहकार्यमा अध्ययन अगाडि बढाइएको उनको भनाइ छ ।
विभागले परराष्ट्रय मन्त्रालयलाई श्रम गन्तव्य मुलुकका दूतावासबाट वैदेशिक रोजगारीमा परेको असरबारे विवरण संकलन गरिदिन अनुरोध गरेको छ ।
साथै, म्यानपावर व्यवसायीहरूबाट पनि यससम्बन्धी आवश्यक विवरण तथा तथ्यांकहरू मगाइएको विभागको भनाइ छ ।